काठमाडौं। नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनगरी सूचिकृत भईसकेका कम्पनीको फर्दर पब्लिक इस्यू (एफपिओ) को मूल्य निर्धारण गर्न नयाँ कार्यविधि तयार गरेको छ। साथै एफपिओ निश्कासनका बिभिन्न आधारहरु समेत प्रष्ट हुनु पर्ने नयाँ आधार तयार गरेको छ। यस भन्दा अघि एफपिओ निश्कासन गर्दा स्पष्ट बिधि नहुदाँ मनोमानी तथा एकरुपता नभएको बन्दै बिवादित बन्दै आएको थियो।
एफपिओ निकाशन गर्दा कम्पनीको पूँजीकृत भएको आम्दानी, प्रतिशेयर खुद सम्पतिको मूल्य, १८० दिनको औषत बजारमूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य प्रमुख आधार हुने धितोपत्र बोर्डले जनाएको छ। अव नयाँ विधी कार्यान्वयनमा आएपछि एफपिओको मूल्य निर्धारणमा एकरुपता आउने बिश्वास लिइएको बोर्डका प्रवक्ता निरज गिरी द्वारा जारी बिज्ञप्तिमा बताइएको छ। साथै अंकित मूल्य भन्दा बढी मूल्य तोकी निष्काशन गर्दा मूल्य निर्धारण प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी हुने बोर्ड समेत राखेको छ।
केही समय अघि एफपिओको मूल्य निर्धारणका आधार र विधिहरु तयार गर्न गठित समितिको प्रतिवेदनका आधारमा रहेर मूल्य निर्धारण बिधि तयार पारेको बताएको छ। जसमा एफपिओको मूल्य निर्धारण गर्दा सम्बन्धित संस्थाको विगत , वर्तमान र भविष्यको वित्तीय विवरणको मूल्याङ्न तथा औषत बजारमूल्यका आधारमा गरिने बोर्डले बताएको छ।