arrow

प्रधानमन्त्रीको कार्य गृहमन्त्रीले सम्हाल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
balkrishna-khand.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन् । 

प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री खाँणले सम्हाल्ने गरी  राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेकी छन्  । 

नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी मन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले तोकेको राष्ट्रपति कार्यालयद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ