arrow

अर्थमन्त्री महरा निरन्तर छलफलमा

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
Krishna_Bdr_Mahara.jpg.jpeg
काठमाडौं। उप–प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा मन्त्रालयको कार्ययोजना बनाउने क्रममा निरन्तर छलफल र परामर्शमा रहेका छन्। शुक्रवार पनि महराले अर्थ मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधीहरुको तर्फबाट सुझाब लिएका छन्। 
 
महरालाई सुझाव दिन आएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारका, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, निर्माण ब्यबसायी महासंघका अध्यक्ष शरद गौचन, राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष दिल सुन्दर श्रेष्ठ, ब्यवसायीहरु रमेश गुप्ता, ज्ञानेन्द्रलाल श्रेष्ठ र दिनेश श्रेष्ठ लगायतले उद्योग व्यबसाय क्षेत्रका समस्या र चुनौती तथा मन्त्रालयबाट गरेका अपेक्षाका बारेमा मौखिक र लिखित सुझाब पेश गरेका अर्थ मन्त्रालयका सूचना तथा सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी गराए।   
 
सुझाब सुनेपछि, उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले भने “म सबैसँग सल्लाह लिएरनै अघि बढ्छु। तपाईहरु ढुक्क भएर कुनै द्धिविधा नराखी आफ्नो काम गर्नुहोस।” 
 
निजी क्षेत्र अर्थतन्त्रको इञ्जिन रहेको धारणा राख्दै महराले भने “निजी क्षेत्र बिना राज्य अघि बढ्न सक्दैन। निजी क्षेत्रलाइ हतोत्साहित र निरश बनाइदैन। अहिले हामी जहाँ छौ, संबिधान कार्यान्वयन भएपछि, हामी नयाँ ढंगले अघि बढ्छौ। राजनीतिक स्थायित्व बनाएर, मुलुकलाइ आर्थिक समृद्धिको दिशामा अघि बढाउने अब हाम्रो नारा हुनुपर्छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ