arrow

प्रदेश प्रमुखले भने - भाषणले वाक्क लागेर कविता सुन्न आए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
parsuram-khapung.PNG

झापा । सधैँ भाषण सुन्दा र भन्दा वाक्क लागेको बेला कविता सुन्दा आनन्द लागेको प्रदेश नं. १ प्रमुख परशुराम खापुङले बताएका छन् । प्रदेश नं. १ स्तरीय वृहत् वाङ्मय सङ्गोष्ठीको समापन कार्यक्रमको प्रमुख अतिथिको रूपमा पुगेका खापुङले यस्तो भनेका हुन् । 

 “समापन कार्यक्रमको बाँकी रहेको खबर पाए पनि कविता वाचनको लहर सुनेपछि श्रवण गर्न आइपुगेको हुँ ।” प्रमुख खापुङले भने । “नेपाली भाषामा मात्र नभएर विविध भाषामा समेत कविता सुन्न पाउँदा नेपालको संविधानले समेत अङ्गीकार गरिसकेको बहु जाति, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिकको मुलमर्मलाई यस्ता सङ्गोष्ठीले पुरा गरेको छ । र, सङ्घीयतालाई बलियो बनाउने कडिका रूपमा भाषा साहित्यले पुलको काम गर्छ ।” प्रमुखको थप भनाई थियो ।

प्रदेश नं. १ सरकार र विराटनगर महानगरपालिकाको आर्थिक सहयोग नेपाल प्रज्ञा प्रतिष्ठान र विराट साहित्य सङ्गमको सहकार्यमा आयोजित सङ्गोष्ठीमा १४ जिल्लाकै साहित्यिक मनहरू सहभागी थिए । 

दुहिदिने कार्यक्रममा डा. तारामणि राईले ‘प्रदेश १ मा बोलिने मातृभाषाको अवस्था’, प्रा.डा. टेकबहादुर श्रेष्ठले ‘नेपालको इतिहासको परिप्रेक्ष्यमा प्रदेश नं. १ को विशिष्टता: सङ्क्षिप्त चर्चा’, मधुराज केरुङले ‘किरात जनजीवन र लोक साहित्य’, प्रा.डा. सोमप्रसाद खतिवडाले ‘कोसीप्रस्रवण क्षेत्रका सांस्कृतिक सम्पदा’ र दधिराज सुवेदीले ‘प्रदेश नं. १ मा नेपाली समालोचनाको स्थिति’ कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको पहिलो दिन गजल वाचनको कार्यक्रमको राखिएको थियो भने दोस्रो दिन कविता वाचन राखिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव डा.जगतप्रसाद उपाध्याय, प्राज्ञ प्रा.डा. दिनेशराज पन्त, प्रा.डा. हेमनाथ पौडेल, डा. देवी नेपालको पनि उपस्थिति थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ