बागलुङ। जिल्ला अदालत बागलुङबाट गत आर्थिक वर्षमा कुल ५ सय ५२ वटा मुद्धा फर्छ्यौट भएका छन्। आर्थिक वर्ष २०७२/०७३ का लागि ४ सय ७६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखिएपनि त्यस भन्दा ७६ मुद्धा बढि फर्छ्यौट भएका छन्।
कुल मुद्धाको ७९ दशमल ५३ र लक्ष्यको १ सय १५ दशमल ९६ प्रतिशत फैसला भएको जिल्ला अदालत बागलुङका श्रेष्तेदार राम बहादुर थापाले बताए। जसमध्ये सार्वजनीक अपराधका १ सय ८८, सम्बन्ध विच्छेदका १ सय २४, लेनदेनका ४३, अंशका ३४, नाता कायम ५९, जबरजस्ती करणी १५, कर्तव्य ज्यानका ८, जालसाज ५ हातहरियार खरखजाना ५, लागुऔषध ओसापसार ५ र अन्यमा ६५ गरी कुल ५ सय ५२ मुद्धा फर्छ्यौट भएका हुन्।
नेपाल सरकारले कानून क्षेत्रमा ल्याएको पञ्चवर्षिय योजना अनुसार पुराना कुनैपनि मुद्दा बाँकी नराख्ने अभियान थालेका श्रेस्तेदार थापाले बताए। गत आर्थिक वर्षबाट १ सय ४२ मुद्धा सरेको र यस आर्थिक बर्षमा ४ सय ८० मुद्धा फर्छ्यौट गर्ने लक्ष्य लिएको बताईएको छ।
सबै भन्दा बढि सार्वजनिक अपराध, सम्बन्ध बिच्छेद, लेनदेन, अंश, नाता कायम, जवरजस्ती करणी, कर्तव्य ज्यान लगाएका मुद्धा अदालतबाट फर्छ्यौट भएका छन।
यस बर्ष अदालतमा ७३ वटा मुद्धा मेलमिलापका लागि आएको र ती मध्ये २० वटा मिलापत्र भैसकेको, ८ वटा मिलापत्रको प्रकृयामा रहेको र केही शुरु हुन लागेको जिल्ला न्यायाधिस हिमलाल बेलबासेले बताए।
नेपाल सरकारले कानून क्षेत्रमा ल्याएको पञ्चवर्षिय योजना अनुसार पुराना कुनैपनि मुद्दा बाँकी नराख्ने अभियान थालिएकोले बिपन्न र पिडित पक्ष भएको मुद्धामा फौजदारी भएपनि फास्ट ट्रयाकबाट मुद्धा छिन्न थालिएको अदालतले जनाएको छ।