arrow

लामो टकराव पछि काठमाडौं महानगरपालिका र प्राधिकरणबीच भयो सहमती

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg
काठमाडौं। नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाबीच घरजग्गा कर तथा सडकबत्तिको शुल्क तिर्ने बुझाउने विषयमा सहमति भएको छ। लामो समय शुल्क तिर्ने बुझाउने विषयमा टकराव सिर्जना हुँदा दुबै पक्षबीच एकले अर्कालाई सकेभरको समस्या सिर्जना गर्ने स्थिती सम्म सिर्जना भएपछि साउन १९ गते दुबै निकायका कार्यकारी प्रमुखको नेतृत्वमा छलफल भएको थियो। उक्त छलफल पछि विभिन्न बुँदामा सहमति भएको कामठमाडौं महानगरपालिका स्रोतले जानकारी दिएको छ। 
 
हामीलाई प्राप्त सम्झौता पत्रमा उल्लेख भएअनुसार काठमाडौं महानगरपालिका र विद्युत प्राधिकरणले घरजग्गा कर र सडकबत्ति शुल्कको बक्यौता बाँकी रहेको मध्ये दुबै पक्षले पहिलो चरणमा १५-१५ करोड रूपैयाँ बुझाउने सहमति भएको छ। 
 
बक्यौता रकम समयमा नबुझाएपछि काठमाडौ महानगरपालिकाले प्रस्तावित एईए टावरको नक्सापास नै रोकेको थियो भने विद्युत प्राधिकरणले पनि काठमाडौ महानगरपालिकाको सडकबत्तिमा लाईन काठ्ने प्रक्रिया अघि बढाईसकेको थियो। यद्यपि दुबै कार्यालयले एकअर्कालाई कति रकम तिर्नुपर्ने हो भन्ने अझै यकीन नभएको कारण यो एकीन गर्न दुबै तर्फबाट एउटा समिति गठन गर्ने सहमति भएको छ। उक्त समितिले निर्धारण गर्ने कर दुबैले आपसी छलफल पछि फरफारक गर्ने सहमति भएको पनि काठमाडौं महानगरपालिका उच्च स्रोतले जानकारी दिएको छ। 
 
त्यस्तै, विद्युत प्राधिकरणले सडकमा जडान गरेको सौर्य बत्ति पनि क्रमशः काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्दै जाने सहमति पनि भएको छ। यससँगै काठमाडौं महानगरपालिकामा एनईए टावरको स्वीकृतिको लागि पेश हुन आएको भवन नक्सा स्वीकृतिको लागि प्रक्रिया अघि बढाउने सहमति पनि भएको महानगरपालिका स्रोतले जानकारी दिएको छ। 
 
यसरी तीनवटा बुँदामा यस्तो सहमति भएसँगै लामो समयदेखि चल्दै आएको यी दुई निकायबीच चल्दै आएको शीतयुद्ध यो सहमतिसँगै साम्य हुने दुबै निकायका अधिकारीहरूको बुझाई रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ