काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि सोमबार निर्वाचन हुने भएको छ । शनिबार विहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको निर्वाचन समितिको बैठकले आगामी सोमबार निर्वाचन गर्ने निर्णय गरेको निर्वाचन समितिका सदस्य अरूण कुमार पञ्जियारले जानकारी दिए ।
समितिले आईतबार विहान ९ बजेदेखि मनोनयन दर्ताको प्रक्रिया सुरू गर्ने निर्णय पनि गरेको पञ्जियारले जानकारी दिए । तर, मतदाता नामावली प्रकाशनको काम भने अझै सम्पन्न भएको छैन । निर्देशन समितिबाट अन्तिम नामावलीको पत्रमा हस्ताक्षर गरेर पठाएपछि शनिबार नै मतदाताहरूको अन्तिम नामावली सार्वजनिक गरिने छ ।
‘आइतबार विहान ७ बजेदेखि मनोनयन दर्ता लगायतका काम सम्पन्न हुनेछ ।’ पञ्जियारले भने ‘मोटामोटी निर्णय यही भएको छ ।’ बैठक पौने १२ सम्म पनि नसकिएकोले निर्णय माईन्यूट भने भईसकेको छैन ।