- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापाको गौरादहमा भूमि आयोगद्वारा जग्गा धनीपूर्जा ( लालपुर्जा ) वितरण कार्य शुरु भएको छ । आयोगले मङ्गलवार जिल्लामै पहिलो पटक गौरादह नगरपालिका-४ का अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपूर्जा वितरण गरेको हो ।
राष्ट्रिय भूमि आयोगले गौरादह नगरपालिकाको समन्वयमा मङ्गलवार वडाका ५० जना अव्यवस्थित बसोबासीहरुलाई लाल पूर्जा वितरण गरेको हो ।
गौरादह नगरपालिका वडा न ४ स्थित वडा कार्यालयमा आयोगका केन्द्रीय उपाध्यक्ष नरेन्द्र खडकाको प्रमुख आतिथ्य र नगर प्रमुख रोहित कुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय मेघराज पौडेललाई १० कट्टा जग्गाको लाल पूर्जा दिएर आयोगले आफ्नो धनीपूर्जा वितरण कार्य शुभारम्भ गरेको छ ।
धनीपूर्जा वितरण कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, गौरादह नगर उप-प्रमुख गीता भेटवाल,आयोगका सदस्यहरू, वडाध्यक्ष,वडा सदस्य,मालपोत तथा नापी कार्यालयका प्रतिनिधि तथा वडावासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।