arrow

यस्तो छ पाँच दलीय गठबन्धनप्रति केपी ओलीको दृष्टिकोण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
kp-oli-kp-oli.JPG

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन् ।

‘‘जसरी फल कुहिनेबित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उनले भने, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’ 

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उनले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कुनै उल्लेख गरेनन् । तर पनि निर्वाचनमा संयुक्त उम्मेदवारी दिने बेलामा गठबन्धन टुटने उनको आशय थियो ।  

ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे । चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उनको भनाइ थियो । 

विद्यार्थीलाई देशभक्तिबारे अहिलेदेखि नै सिकाउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए । स्थानीय निर्वाचन आउन लागेको र सबै घोषणापत्र लिएर आउने भन्दै उनले अरुको घोषणापत्र हावाको हुने सुनाए । ‘मेरो टेम्पो उड्यो भने म तपाईलाई जापान उडाइदिन्छु भन्ने प्रकारको अरुको घोषणापत्र हुन्छ,’ उनले भने, ‘जबकि न ट्याम्पो उड्छ न त जापान नै जान पाइन्छ ।’

एमालेको घोषणापत्र जनतासँंग मिलेर गर्नसक्ने कुराहरू राखेर मात्र बनाइने उनले दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ