- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का निमित्त सदस्यसचिव कुलबहादुर थापाले जागिर छाडेका छन् । उनले राखेपबाट राजीनामा दिएका हुन् । राखेप प्रशासन विभाग प्रमुख रहेका थापाले बुधबार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा पत्र बुझाएका हुन् ।
थापाले अवकाशको अवधि पूरा हुन साढे दुई वर्ष बाँकी छँदै राजीनामा दिएका हुन् । सदस्य सचिवको नयाँ नियुक्ति र बर्खास्ती सम्बन्धी सर्वोच्च अदालतमा रिट परेपछि राखेपको निमित्त सदस्य सचिवको जिम्मेवारी थापाले पाएका थिए ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले थापालाई फागुन ४ गते निमित्त सदस्यसचिवको जिम्मेबारी दिएका थिए । तर मंंगलबार मात्रै सर्वोच्चले पूर्व सदस्यसचिव रमेशकुमार सिलवालको रिट खारेज गरेपछि घिसिङले पुनः कार्यभार सम्हालेका छन् ।
त्योसँगै निमित्त सदस्यसचिवको जिम्मेवारी पाएका थापाले राजीनामा बुझाएका हुन् ।
उनले समााजिक संजाल फेसबुकमा लेखेका छन्, ‘सम्पूर्णमा आभार ।। आजबाट राष्ट्रिय खेलकुद परिषदको प्रशासनिक जिम्मेवारीबाट अलग रहने निर्णय लिएको छु । २०५२ सालमा अधिकृत तहमा नियुक्ति पाई नि.सदस्य सचिवसम्म अनवरत रुपमा आफ्नो बुद्वि, विवेक, क्षमता र अधिकारले भ्याएसम्म खेलकुद विकासमा समर्पण गर्दा सहयोग गर्नुहुने खेलपदाधिकारीहरु,कर्मचारीसाथीहरु, खेलाडीहरु, पत्रकार एवं घरपरिवार, ईष्टमित्र, सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु । साथै नेपाली खेलकुद क्षेत्रको उन्नति, प्रगति र उच्च सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’