arrow

कानून मन्त्रीमा गोविन्द बन्दीले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
bandi-oath.PNG

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्री बन्दीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थिति रहेको थियो । 

बन्दीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले कानून मन्त्रीमा नियुक्ति गरेकी हुन् । देउवा सरकारले पहिलो पटक गैर सांसदलाई मन्त्री बनाएको हो ।

गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ । 

गैरसांसद भएकाले संविधान अनुसार उनी ६ महिनाभित्र सङ्घीय संसद्को सदस्य भइसक्नुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ