काठमाडौं । संयुक्त राष्ट्र संघका शरणार्थीका लागि उच्च आयुक्त फिलिप्पो ग्राण्डीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भुटानी शरणार्थी समस्या चाँडै समाधान हुने सुनाएका छन् ।
प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका उच्च आयुक्त ग्राण्डीले भुटानी शरणार्थी समस्या समाधानबारे संयुक्त राष्ट्र संघले पहल गरिरहेको प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् ।
प भेटमा प्रधानमन्त्रीले मानवीय सेवाका रुपमा शरणार्थी समस्या समाधानमा राष्ट्र सङ्घको भूमिका प्रशंसनीय रहेको भन्दै बाँकी शरणार्थीको समस्या समाधानमा सहजीकरण गरी दिन आग्रह गरे ।
प्रधानमन्त्रीले नेपालले संविधानको कार्यान्वयन गर्दै शान्ति, स्थिरता र समृद्धिको दिशामा अघि बढ्ने उच्च आयुक्त ग्राण्डीलाई सुनाए ।
भुटानी शरणार्थीबारे सरकारले बारम्बार कुटनीतिक भेटघाट गरेपनि तीब्बती शरणार्थीबारे खास कुनै पहल गरेको छैन । नेपालभित्रैको कुरा गर्दा सुकुम्बासी समस्या समेत समाधान हुन सकिरहेको छैन ।