काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य सुटुक्क बालुवाटार पुगेका छन् । शनिबार दिउँसो फुर्सद मिलाई वैद्य बालुवाटार पुगेका हुन् ।
वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकामा बधाई दिए । दाहाललाई भेट्दा वैद्यको मुहारमा मुस्कुराहट थियो ।
वैद्यले प्रधानमन्त्रीलाई कार्याकालको सफलताको शुभकामना समेत दिए । पार्टी एकताको चर्चाका समयमा दाहाल र वैद्यको भेट भएको थियो ।
पार्टी एकताबाट टाढिएका वैद्य केही महिनापछि दाहालाई भेट्न पुगेका हुन् । पार्टी एकताको छलफल अघि वैद्य वैशाखमा द्वन्द्वकालिन मुद्दामा माओवादी विचारधाराका सबैको एक मत बनाउन भएको भेलामा एउटै बेन्चमा बसेका थिए ।