एजेन्सी । बलिउड अभिनेता सलमान र प्रमिका लूलियाले बौद्ध धर्म गुरु दलाई लामालाई भेटेका छन् । भेट व्यक्तिगत रहेको सलमानले बताए। सलमान चलचित्र सुटिङ्गको क्रममा लद्दाखमा रहेका छन् । सो मौकाको सदुपयोग गर्दै उनिसँगै रहेकी प्रेमिका लूलिया पनि दलाई लामा भेट्न पुगेकी हुन् ।
बजरंगी भाईजान पछि सलमान निर्देशक कबीर खानको चलचित्र 'टयूबलाइट' को सुटिङ्गमा रहेका छन् । चलचित्रको सुटिङ्ग लेहमा चलिरहेकोछ । केहि दिन पहिले भारतीय सञ्चारमाध्यममा सलमानले बनाएको पेन्टिंग सार्वजनीक भएको थियो जसलाई लुलियाको लागि भनिएको थियो ।
सलमानका साथिहरुले लूलियालाई भाउजु भनेर सम्बोधन गर्ने गरेका छन् । यसरी सलमान र लूलियाले दलाई लामालाई भेट्नु अर्थपुर्ण मानिएको छ ।