arrow

भारतीय राजदूत रणजित राय दिल्लीबाट सोझै निधि क्वार्टर

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
Ranjit_ray_.jpg.jpeg
काठमाडौं । भारतीय राजदूत रणजित राय दिल्लीबाट फर्किएर सोझै उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेट्न पुगेका छन् । 
 
निधिको सरकाकारी (क्वार्टर) निवास हरिहरभवन पुगेर उनले निधिको भारत भ्रमण र वातावरणबारे छलफल गरेका बताइएको छ ।
 
प्रधानमन्त्रीको विशेष दूतका रुपमा भारत जान लागेका उपप्रधानमन्त्री निधिले भने, ‘छलफलमा भारत भ्रमणको तिथि तय गर्ने,द्विपक्षीय हित र सम्बन्धबारे परामर्श भएकाे छ ।
 
यस्तै, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका सन्दर्भमा समेत कुरा भयाे ।’
 
निधिले प्रधानमन्त्री पुष्पकमल दाहालाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आँतुर रहेकाले सो विषयमा समेत कुरा भएकाे बताए । 
 
भारतीय राजदूत रायले दिल्लीबाट ल्याएको खबर समेत सुनाउने छन् । केही दिन अघि दिल्ली गएका उनी सोझै निधि निवास पुगे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ