काठमाडौं । उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महरा सोमबार चीन जाने भएका छन् । महरा प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूत बनेर चीन जान लागेका हुन् ।
महराले चीन भ्रमण मुख्य त चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तयारीमा केन्द्रीत हुने बताइएको छ । यद्यपि, भ्रमणको प्रस्ताव केपी ओली सरकारले नै अघि बढाएको थियो ।
महराले केपी ओलीको भ्रमणका क्रममा भएका विभिन्न सम्झौताबारे थप जानकारी ल्याउने स्रोतले बताएको छ ।
महराले चीन जानु अघि आफ्नो भ्रमणका एजेण्डाबारे जानकारी दिन आइतबार दिउँसो ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेको उनका प्रेस सहयोगी त्रिभुवन पौडेलले बताए ।