arrow

ओलीको हालत खराब हुनेवाला छ : प्रचण्ड

logo
सन्जय भट्टराई,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
prachanda np.jpg

नवलपुर। नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीको हालत खराब हुने बताएका छ । ‘एमाले अध्यक्ष केपी ओलीको असली रूप देखिहाल्नु भयो राजावादीसँग मिलिसके । ओली विक्षिप्त झैँ भएका छन् र इतिहासमै मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्दै हिँडेका छन् । ओलीको हालत खराब हुनेवाला छ,’ दाहालले भने । यस्तै ओली इतिहासकै तानासाह र कम्युनिस्ट विरोधी भएको पनि उनको आरोप थियो । माओवादी केन्द्र पूर्वी नवलपरासीद्वारा दलदलेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।

कार्यक्रममा महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । महानगर र उपमहानगरपालिकामा माओवादीलाई धेरै फाइदा हुने गरी आइतबार गठबन्धनले निर्णय गर्ने उनले सुनाए । ‘हामीले निर्णय गर्छौँ ढुक्क हुनुस् हामीलाई फाइदा हुने गरी भोलि नै (आइतबार) केन्द्रमा गठबन्धनको निर्णय आउँछ,’ दाहालले भने ‘अरू तल तलका पालिकामा सबैलाई फाइदा हुन्छ । त्यसमा तपाईँहरू ढुक्क हुनुहोस् । गठबन्धन राष्ट्रिय आवश्यकता हो । महानगर र उपमहानगरमा हामीले धेरै लिने गरी गठबन्धनको निर्णय आउँछ,’ उनले भनेका छन् ।

यस क्रममा दाहालले आगामी तीन वटै निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरूबीच चुनावको तालमेल हुने पनि दाबी गरेका थिए । यो निर्वाचन माओवादीका लागि ठुलो लडाइँ भएको भन्दै दाहालले यो निर्वाचनमा माओवादीले जिते संविधान र गणतन्त्र जोगिने नत्र धरापमा पर्ने बताएका थिए । यसका लागि सबै चनाखो भएर जिताउन लाग्नुपर्ने भन्दै उनले कार्यकर्तालाई आग्रह गरेका थिए ।

अर्को एक प्रसङ्गमा दाहालले नेपाली काँग्रेस र एमाले मिलेर एमसीसी पास गर्न सभामुख फाल्ने, ७ वटै प्रदेशमा माओवादीको सरकार ढाल्ने सहमति भएको थाहा पाउन साथ रातारात आफूले काँग्रेससँग मिलेर एमसीसी पास गरेर चलाखीपूर्ण काम गरेको बताएका थिए । सर्प पनि मर्ने लौरो पनि नभाँच्चिने गरी व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्नाले सरकार बाँचेको र हाल गठबन्धन भएको दाहालले बताए ।यसबाहेक विप्लव र बाबुराम भट्टराई पनि सबै जसो केन्द्रीय तहका नेताहरू आफ्नो पार्टीमा आइसकेको उनले दाबी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ