काठमाडौं। ठुलो संख्यामा नामावलीमा थपघट गरिएको भन्दै नेपाल बिद्याथी संघका केही असन्तुष्ट पक्षले बिरोध जनाएका छन्। उनीहरुले नामावली नसच्याउने हो भने अव निर्वाचन लगायत अन्य कुनै प्रकृया अगाडि बढ्न नदिने भन्दै आएका छन्।
आजै नेपाली कांग्रेसले नेपाल बिद्याथी संघको अधिवेशनलाई सहज गर्न बनाएको निर्देशन समितिका गोबिन्द्र भट्टराई तथा गुरुराज घिमिरेले समेत एक बक्तब्य जारी गरेका छन्। बिज्ञप्ती मा भनिएको छ पहिले नै भइसकेको ६४ जिल्लाका प्रतिनिधिहरुलाई यथावत राखी बाँकी रहेका ११ जिल्लामा मात्र मिलाउने भन्ने निर्णय भइसकेको हो तर अहिले यस बिपरित धेरै नामावली हेरफेर भएकोले निर्देशन समितिले गरेको निर्णय अनुसार बिवादित नामावली सच्याएर मात्र निर्वाचन प्रकृया अघि बढाउनु पर्दछ भन्ने दृण बिश्वास रहेको बताएका छन्।