रुकुम पश्चिमका सबै पालिकामा माओवादी केन्द्रले उम्मेदवार चयन
हेमन्त केसी,
प्रकाशित २०७९ वैशाख ५ सोमबार
998
Shares
फाइल तस्बिर
सुर्खेत। नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका सबै पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार सिफारिस गरेको छ। गठबन्धनको निर्णय कार्यान्वयन गर्न आवश्यक परेमा जोकोहीको पनि उम्मेदवारी फिर्ता हुने सर्तसहित उम्मेदवार सिफारिस गरिएको नेकपा माओवादी केन्द्रले बताएको छ।
अध्यक्षमा सिफारिस भएकाहरू सबै नयाँ अनुहार छन्। माओवादी केन्द्रले चौरजहारी नगरपालिका प्रमुखमा पुष्प वादी, उपप्रमुखमा ईश्वरी कुमारी शर्मालाई सिफारिस गरेको छ।
त्यस्तै आठविसकोट नगरपालिका प्रमुखका रवि केसी र उपप्रमुखका लागि धनकुमारी शाही सिफारिस भएका छन्। मुसिकोट नगरपालिका प्रमुखमा वसन्त शर्मा र उपप्रमुखमा मिलन खड्का सिफारिस भएका छन्।
त्यस्तै सानीभेरी गाउँपालिका अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्ष कमला रोका पुन सिफारिस भएका छन्। त्रिवेणी गाउँपालिकामा अध्यक्ष गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले सिफारिस भएको प्रचार विभाग प्रमुख ध्रुवविक्रम बुढाथोकीले बताए।