काठमाडौं। नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा डडेल्धुरा जिल्ला बिकट गाउँमा जन्मनु भएका दुर्गा कापडीले केन्द्रीय सदस्यमा चुनाव लडने भएका छ्न्। नेपाल बिद्यार्थी संघ सीता राम उच्च माबिमा कक्षा ८ मा पढ्दा नै राजनीतिमा लागेका कापडी कक्षा ९ मा पढ्दा इकाइ अध्यक्ष बनेका थिए।
कापडि कक्षा १० मा पढ्दा नै बि.पि.चिन्तन को सदस्य बनेका थिए। नेपाल विद्यार्थी संघमा लोकप्रिय कापडी नेपाली काँग्रेसको देश भरकै सक्रिय सदस्यमा कान्छो सकृय सदस्य थिए।
माओवादी युद्धमा निडरका साथ उनले पार्टीको झण्डा घरमा राखेर चर्चा कमाएका थिए। नेविसंघमा उनी मिलनसार जुझारु र नेताका रुपमा चिनिन्छ्न्। उनी नेविसंघमा प्रखर बक्ताका रुपमा चिनिन्छन्। उनले केन्द्रीय सदस्यको उमेद्वारको रुपमा आफूला२ यस महाधिवेशनमा उभ्याएका छन्।