जिल्लाकै एक मात्र नगरपालिकामा एमालेले टुङ्गायो मेयर र उपमेयरका उम्मेदवार
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ वैशाख ११ आइतबार
769
Shares
मुगु । यही महिनाको ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्ना उम्मेदवारहरू टुङ्गो लगाएको छ ।
जिल्लामा रहेका एक नगरपालिका र ३ वटा गाँउपालिकाहरुको लागी एमालेको तर्फबाट उम्मेदवार बन्ने पालिका प्रमुख र उपप्रमुखहरुहरुको नाम एमालेले शुक्रवार टुङ्गो लगाएको हो ।
एमालेले छायाँनाथ रारा नगरपालिको प्रमुखका लागी डम्बर बहादुर रावल र उपप्रमुखका लागि टोमा लामाको नाम टुङ्ग्याएको नेकपा एमालेले जनाएको छ ।
त्यस्तै नेकपा एमालेले अन्य गाउँपालिकाको पनि नाम टुङ्ग्यायो छ ।
सोरु गाउँपालिका अध्यक्षमा डिल्ली प्रसाद भट्ट उपाध्यक्षमा डिलकली मल्ललाई उम्मेदवार बनाइएको छ । खत्याड गाउँपालिका अध्यक्षमा लाल बहादुर मल्ल, उपाध्यक्षमा कविता गिरी र मुगुमकामारोङ्ग गाउँपालिका अध्यक्षमा सोनाम लामा र उपाध्यक्षमा छिरिङ्ग फुटिक लामालाई उम्मेदवार घोषणा गरेको छ ।
घोषित उम्मेदवारहरू मध्य नगरप्रमुखका उम्मेदवार रावल २०७४ को स्थानीय निर्वाचनमा छायाँनाथ रारा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष निर्वाचित भएका थिए ।
एमालेले पालिका प्रमुख र उपप्रमुखका उम्मेदवार टुङ्गाए पनि ४५ वडाका वडा अध्यक्ष र सदस्यहरूको टुङ्गो लगाएको छैन । सत्ता गठबन्धनले आफ्ना उम्मेदवार टुङ्गाएमा आफ्नो उम्मेदवार सार्वजनिक गर्ने योजनामा एमाले रहेको देखिन्छ ।
यता सत्ता गठबन्धनधारी दलहरूको दैनिक जसो बैठक बसे पनि गठबन्धन गरेर जाने की एक्ला एक्लै स्थानीय निर्वाचनमा जाने भन्ने बारे टुङ्गो नपुग्दा दलहरूले वडा देखि पालिका सम्मका उम्मेदवारहरू छनौट गर्न सकिरहेका छैनन् ।