काठमाडौं । बैतडीमा यात्रुबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने, १४ बढी घाइते भएका छन् ।
कैलालीको धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ नम्बरको यात्रु बस बैतडीको सिद्धेश्वर गाविस –३ बिन्द्राबनमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालाय बैतडीका अनुसार दुर्घटनास्थलबाट ३ जनाको शव झिकिएको छ भने केही च्यापिएको शंका गरिएको छ ।
यस्तै, १४ घाइतेको उद्धार गरी डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल लगिएको बताइएको छ ।
बसमा कति यात्रु थिए भन्ने यकिन नभएको र बस करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन समेत बाँकी छ ।