काठमाडौं। ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पदक तालिकामा चीन आज पनि बेलायतभन्दा पछाडि छ। स्वर्ण संङ्ख्या बढाउन नसक्दा चीन आजपनि पदक तालिकाको तेस्रो स्थानमा छ। चीन हिजोबाट १५ स्वर्णमा स्थिर छ।
बेलायत भने १६ स्वर्णसहित पदक तालिकाको दोस्रो स्थानमा छ।
हिजो स्वर्ण संङ्ख्या चीनको सरह रहेको बेलायतलाई थप एक स्वर्ण हात परेको हो।
अमेरिकाले थप स्वर्ण हात पार्न नसके पनि ऊ पदक तालिकाको पहिलो स्थानमा अझै सुरक्षित छ। अमेरिकाको खातामा २६ स्वर्ण छ।
११ स्वर्णसहित रूस पदक तालिकाको चौंथो स्थानमा छ। हिजो ९ स्वर्ण रहेको रूसलाई थप २ स्वर्ण हात परेको हो।
जर्मनीलाई पछि पार्दै इटाली पनि पदक तालिकाको पाचौं स्थानमा उक्लिएको छ। इटालीको ८ स्वर्ण छ। समान ८ स्वर्ण भएपनि जर्मनी पदक तालिकामा छौंठौ स्थानमा छ।
समान ७ स्वर्ण हात पारेको फ्रान्स र जापान क्रमश: सातौं र आठौं स्थानमा छन्। यस्तै समान ६ स्वर्णसहित अष्ट्रेलिया र दक्षिण कोरिया नवौं र दशौं स्थानमा छ।
रियो ओलम्पिकमा हालसम्म ७२ मुलुकले पदक हात पारेका छन्। हिजोसम्म पदक हात पार्नेमा ६८ मुलुक रहेकोमा थप ४ मुलुकले पदक हात पारेका छन्।