- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापाको कमल गाउँपालिका पाडाजुङिमा अक्सर भेटिने केशववहादुर विष्ट सिटी सफारी चालक हुन । कमल गाउँपालिका गेउरिया स्थायी निवासी उनी करिब ५ वर्ष देखि सिटी सफारी व्यवसायमा आबद्ध रहेको बताउँछन् ।
आश्चर्यको कुरा यो छ कि उनी प्रेस लेखिएको ज्याकेट लगाएर करिब १ वर्ष अघि देखि पाडाजुङी आसपास क्षेत्रमा सिटी सफारी चलाउँदै आएका छन् । विडम्बनाको कुरा उनलाई प्रेस भनेको के हो ? भन्ने सम्म थाहा छैन ।
उक्त ज्याकेट लगाएर सिटी सफारी चलाउन नमिल्ने अथवा सञ्चार संस्था आबद्ध व्यक्ति बाहेक अरूले लगाउन नमिल्ने सुझावमा उनी आफू प्रेस बारे अनविज्ञ रहेको बताए ।
उनले लगाएको ज्याकेट बारे हामीलाई प्रस्ट पार्दै उक्त ज्याकेट करिब १ वर्ष अगाडि देखि लगाउँदै आएको र उक्त ज्याकेट आफूलाई महेन्द्र कुमार गोल्छा फाउन्डेसन नामक संस्थाले उपलब्ध गराएको बताए ।
संस्थाले १ वर्ष अघि दमक चोकमा ट्राफिक प्रहरीको उपस्थितिमा एक औपचारिक कार्यक्रम आयोजना गरि १ दिनभर सडक र सवारी सम्बन्धी प्रशिक्षण दिएर महेन्द्र कुमार गोल्छा फाउन्डेसन नामक संस्थाले करिब ५० जना सिटी तथा अटो चालक हरूलाई यस्तो ज्याकेट उपलब्ध गराएको बताए ।
साथै सोही समयदेखि आफुले उक्त प्रेस लेखिएको ज्याकेट लगाएर पाडाजुङी आसपास छेत्रमा सिटी सफारी चलाउँदै आएको बताए । अझ उनी चिन्तित बन्दै हामीलाई गुनासो राख्दै भन्छन् " अब त यो ज्याकेट पुरानो भएर च्यातिन लाग्यो , अब मलाइ अर्को ज्याकेट कसले देला " ।