arrow

चट्याङले १० लाख रुपैयाँ बढीको क्षती

logo
प्रकाश धौलाकोटी।
प्रकाशित २०७३ साउन ३२ मंगलबार
chatyang(1).jpg.jpeg
 तेह्रथुम। वर्षासँगै परेको चट्याङका कारण तेह्रथुमको सदरमुकाम म्याङलुङमा १० लाख रुपैयाँ बढीका इलेक्ट्रोनिक सामानहरुमा क्षति गरेको छ । सोमबार अपरान्ह करिब साढे चार बजे अचानक चट्याङ पर्दा कम्प्युटर, टिभी, टेलिफोन, इन्टरनेट र रेडियोको ट्रान्समिटर तथा टावरमा क्षति पुगेको हो। रेडियोको ट्रान्समिटर र टावरमा क्षति पुगेपछि जिल्लाको सामुदायिक रेडियो तेह्रथुमको प्रशारण ठप्प भएको छ। 
 
के–कति क्षति पुगेको भन्नेबारे दक्ष प्राविधिक जिल्लामा नहुँदा पत्ता लागिनसकेको स्टेशन मेनेजर महेन्द्र काफ्लेले जानकारी दिए। सुविसु इन्टरनेट प्रालिका दर्जनबढी राउटरहरुमा क्षति पुगेको जनाइएको छ। चट्याङका कारण अवरुद्ध भएको इन्टरनेट अझै सुचारु हुन सकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ