आफ्नो सरकार विरुद्ध भएको 'विदेशी षड्यन्त्र' पूर्वप्रधानमन्त्री इमरान खानद्वारा आलोचना
एजेन्सी,
प्रकाशित २०७९ वैशाख १९ सोमबार
436
Shares
इस्लामावाद। पाकिस्तान तहरिक-ए-इन्साफका अध्यक्ष इमरान खानले आफ्नो सरकार ढलेको विषयमा कार्यकर्ताहरूको धारणा बुझेका छन्। उनले आफूलाई हटाउनु भनेको देशविरुद्धको षड्यन्त्र वा हस्तक्षेप के मान्नुहुन्छ भन्ने प्रश्न समेत गरेका थिए।
आफ्नो सरकार हटाउन कथित 'विदेशी षड्यन्त्र' भएको उल्लेख गर्दै खानले इन्टर-सर्भिसेस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक मेजर जनरल बाबरको टिप्पणीका विषयमा यस्तो बताएका थिए। खानले आफूले 'षडयन्त्र' शब्द प्रयोग नगरेको तर विदेशी हस्तक्षेप भएको उल्लेख गरेको बताएका थिए। गत महिनाको राष्ट्रिय सुरक्षा समितिको बैठकका विषयमा ‘अराजनीतिक भाषा’ प्रयोग गरेको उल्लेख गर्दै प्रधानमन्त्री खानले त्यो कुरा ‘हस्तक्षेप बराबर’ भएको बताएका थिए।
उनले मुलुकमा भएको विदेशी षड्यन्त्र सम्बन्धी आफ्नो दावीका विषयमा कुनै शङ्का लागेमा पाकिस्तानका प्रधानन्यायाधीशको निरीक्षणमा न्यायिक आयोग बनाउन माग गरेका छन्।
उनले ‘आयातित’ सरकारले आफ्नो पार्टी पीटीआईलाई वैदेशिक लगानीको मुद्दामार्फत राजनीतिक मुद्दाबाट बाहिर धकेल्न खोजेको आरोप लगाए। निष्पक्षताका लागि उनले पीपीपी, पीटीआई र पीएमएल-एन विरुद्धको अदालती मुद्दाहरू सँगै सुनुवाइ गर्न आग्रहसमेत गरेका छन्।
कराँचीको बाग-ए-जिन्नामा एक समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सत्ताबाट हटाउन गरेको हस्तक्षेप र खेलविरुद्ध एकजुट हुन पनि आह्वान गरेका छन्। प्रधानमन्त्री इमरान खानले ‘यस देशविरुद्ध ठुलो अन्तर्राष्ट्रिय षड्यन्त्र गरिएको’ बताएका छन्। इमरानले आफ्नो कार्यकालभर आफू कुनै पनि देशको विरुद्धमा नभएको र मानवताको पक्षमा उभिएको दाबी गरेका छन्।
नवाज शरीफको नाम नलिई खानले भने, ‘जो लन्डनमा बसेर झुट बोलेर कानुनबाट भागेको थियो, अब फर्कने तयारीमा छ। पाकिस्तानको सम्पूर्ण न्याय प्रणाली ट्रायलमा छ। यी शक्तिशाली 'चोर'हरू विरुद्ध खडा हुन सक्छ कि सक्दैन? म अदालत र एनएबीलाई सोध्छु ... तपाई के गर्नुहुन्छ?'