केशव स्थापितलाई निर्वाचन आयोगले माग्यो चौबीस घण्टे स्पष्टीकरण
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
1.6k
Shares
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो ।
‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग सोमबार स्पटीकरण मागेको छ । चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छौं,’ निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाका सहसचिव यज्ञ भट्टराईले भने ।
केही दिनअघि स्थापितले धुम्बाराहीस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवकारलाई लिएर स्पटीकरण सोधिएको उनले बताए ।
कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मीटू’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर नाइस लेडी, तर तपाईको थुतुनो ठीक छैन’ भन्ने जवाफ फर्काएका थिए । त्यसपछि स्थापित थप विवादमा तानिएका थिए ।