काठमाडौं। आदिवासी जनजाती विद्यार्थीबीचमा चर्चित विद्यार्थी नेतृ रेणुका काउचा मगरले नेपाल विद्यार्थी संघको आदिवासी जनजाती उपाध्यक्षको पदमा उम्मेदवारी दिएकी छन्।
विद्यार्थी नेतृत्व तहमा पुगेकी थोरै प्रभावशाली नेतृहरुमा रेनुकाको नाम आउँछ। सरस्वती क्याम्पसमा स्ववियू कोषाध्यक्ष बनेकी काउचा नेपाली पार्टीको महाधिवेशन प्रतिनिधि समेत बनिसकेकी छिन्।
आफूलाई ३० वर्ष भन्दा मुनीको पुस्ताको नेतृ सम्झने काउचा नेपाल मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष समेत रहेकीछन्। समानुपातिक संसदको उमेद्वार समेत भएकी उनले जनजातीको मुद्दा नेविसंघमा स्थापित गराउनको लागि आफूले उम्मेदवारी दिएको बताउँछिन्।
नेपाली काँग्रेस र महिला आन्दोलन नामक पुस्तकको सहलेखक समेत रहेकी काउचा सिर्जनशिल र वौद्धिक विद्यार्थी नेतृका रुपमा पनि चिनिन्छिन।