arrow

कांग्रेस प्रवेशपछि प्रम देउवासँग भुवन केसी र स्वेता खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
bhuwan-sweata.PNG
तस्बिर: रोशन सापकोटा-रासस

काठमाडौं। नेपाली कलाकार भुवन केसी र स्वेता खड्का नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । 

नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस प्रवेश गरेका हुन् ।

नवप्रवेशी कलाकारलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका छन् । 

उनीहरूलाई कांग्रेस सदस्य दिएका थिए । कलाकार निर शाहसहितको टोली मङ्गलवार बालुवाटार पुगेको थियो । 

बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कांग्रेस नेतासमेत रहेका कलाकार नीर शाहलगायत सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ