arrow

देउवा–कोइराला एउटै मञ्चमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
deuba-shekhar.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ को राजधानी विराटनगर जाँदैछन् । चुनावी सभालाई सम्बोधन गर्न उनी जान लागेका हुन् । देउवाको सचिवालयले जनाएअनुसार उनी १० बजेपछि विराटनगर जाने छन् । 

कांग्रेसका मोरङ सभापति डिकबहादुर लिम्बुले मध्यान्ह १२ बजे विराटनगरको पुष्पलाल चोकमा चुनावी सभा आयोजना गरिएको बताए । सभालाई पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायतले पनि सम्बोधन गर्ने सभापति लिम्बुले जानकारी दिए । 

कांग्रेसको १४ औं महाधिवेशनका सभापतिमा डा. शेखर कोइराला पराजित भएपछि विरलै सभापति देउवा र कोइराला एउटै मञ्चमा देखिएका छन् । 

विराटनगर प्रदेश १ को एक मात्र महानगरपालिका हो । त्यहाँ पाँच दलीय गठबन्धनबाट नागेश कोइराला प्रमुख पदका उम्मेदवार छन् । उनी कांग्रेसका हुन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले तय गरेको कार्यक्रमअन्तर्गत कोइरालाको प्रचार हुनेगरी चुनावी सभा हुन लागेको हो । 

कांग्रेसले २७ वैशाखसम्ममा १० ठाउँमा कार्यक्रम गर्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ