arrow

एमालेका उम्मेदवारलाई विजयी गराउन ओलीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
kp-oli-new.jpg

महेन्द्रनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्र र प्रदेश सरकारसित समन्वय गरेर विकास निर्माण र जनताका समस्या समाधान गर्न एमालेबाट उम्मेदवार बनेकालाई जिताउन आग्रह गरेका छन् ।

कञ्चनपुरको बेलौरीमा आयोजित चुनावीसभालाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले स्थिरता र स्थायित्वका लागि सुदृढ राजनीतिक शक्ति चाहिने भन्दै यस्तो शक्तिलाई विजय गराउन नागरिकसँग आग्रह गरे । 

‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा लिएर राष्ट्र निर्माणमा जुट्न पनि उनले सबैसँग आग्रह गरे । उनले एमाले सरकारमा रहँदा जनताका काम गरेको दाबी पनि गरे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ