arrow

भवन भत्किँदा ५३ को मृत्यु, १० को उद्धार

logo
सिन्ह्वा–रासस,
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
china-killed-building-collapse.jpg

चाङसा । चीनमा भवन भत्किँदा पुरिएर मृत्यु भएकाहरूको सङ्ख्या बढेर ५३ पुगेको छ । देशको हुनान प्रान्तमा भएको घटनामा परेकामध्ये १० जनालाई भने जिवितै उद्धार गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । 

प्रादेशिक राजधानी चाङ्साका मेयर झेङ जियान छिनले खोजी तथा उद्धार कार्य शुक्रबार ३।०३ बजे दिउसो अन्त्य भएको घोषणा गरिएको जानकारी दिए । 

खोजी तथा उद्धार कार्यका लागि दर्जनौँ विज्ञ तथा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । घटनास्थलबाट उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । 

आवासीय सो भवन गत अप्रिल २९ मा भत्किएको थियो । शुरुमा खोजी तथा उद्धार कार्य गर्न नसकिएकाले मानवीय क्षतिको स्पष्ट विवरण आउन सकेको थिए ।



नयाँ