arrow

महिलाको बारेमा बोल्ने सुवास नेम्वाङलाई गृहजिल्लामा आफ्नै पार्टीकी नेतृले फर्काइन् मुखभरको जवाफ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
subash-nemwang-saru.jpg

इलाम । जिल्लाको फाकफोकथुम गाउँपालिकाकी पूर्व उपाध्यक्ष एवं एमाले नेतृ सरु राई सरस्वतीले एमालेका उपाध्यक्ष एवं ईलामका सांसद सुवासचन्द्र नेम्वाङलाई मुखभरिको जवाफ फर्काएकी छिन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेर नेम्वाङले अर्काको आलोचनामात्र गर्न जानेको तर काम भने केही पनि नगरेको आरोप लगाएकी छिन् । 

विकासका काम केही पनि नगर्ने तर उनैलाई धुलोको एलर्जी हुनुपर्ने भन्दै राईले नेम्वाङलाई ब्यङ्ग्यसमेत गरेकी छिन् । उनले आफूमाथि अन्याय भएको संकेत गर्दै देखेकी छिन्, ‘०७४ सालको स्थानीय तहको चुनावमा छँदाछँदैको जागिर छोडाएर उपाध्यक्ष पदमा जवरजस्ती उठ्न लगाएर अहिले घरको न घाटको बनाउने आफू अनि गठबन्धनले महिलालाई स्थान नदिएको र विभेद गरेको आरोप । लाज छैन ?’

पाँच दलीय गठबन्धनका कारण स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला हुनुपर्ने वाध्यता तोडिँदा महिला सहभागीता कम हुँदै गएकोतर्फको नेम्वाङको भनाइको जवाफमा उनले उक्त धारणा पोखेकी हुन् । 

उनले पूर्व सभामुख नेम्वाङले इलाममा केही पनि काम नगरेको संकेत गर्दैै लेखेकी छिन्, ‘प्रत्येक मन्तव्यमा नाम बिर्सेँ भन्न, इलाम क्षेत्र नं २ मा एउटा बिजुलीको बल्ब थिएन भन्न अनि लेण्डलाइन फोन हटाएँ भन्न बाहेक के भन्न आउँछ र यो बुख्याचालाई । लगातार एउटै क्षेत्रमा पटकपटक जितेर गए पनि खोइ के गरेको छ ? न त एउटा राम्रो बाटो न त  बिजुलीबत्ती न त खानेपानी, खिंचाई के छ हामीले गर्ब गर्ने आधार ? २५ वर्षमा एउटा बाटो पक्की बनाउन नसक्ने अनि उनैलाई हुनुपर्ने धुलोको एलर्जी। वाह ! हामी इलामको कर्णालीबासी।’

नेम्वाङले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालप्रति कटाक्ष गर्ने क्रममा इलामको फाकफोकथुम गाउँपालिकामा आयोजित एमालेको चुनावी जनसभालाई सम्बोधन गर्दै ‘नाम बिर्सिए पनि हिजो अस्तिसम्म आफ्नै नेता भएजस्तो लाग्ने मान्छे अहिले कता पुग्नुभयो थाहा छैन’ भनेका थिए । 

केही समय अगाडि खनालले चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीको बाकस खाली गराउनुपर्ने र नेकपा एमालेलाई धुलो चटाउने अभिब्यक्ति दिएको सन्दर्भ कोट्याउँदै नेम्वाङले ‘मलाई धुलोसँग एलर्जी छ । उहाँको उक्त अभिब्यक्ति आएदेखि हाछ्युँ शुरु भएको छ ।’

उनले गठबन्धनको नाममा महिलामाथि अन्याय भएको बताउँदै आफूहरुले नीति, नियम र कानून निर्माणमा महिलाको सम्मानजनक सहभागिता गराए पनि गठबन्धनको नाममा अहिले महिलामाथि विभेध गरिएको आरोप लगाए । 

सोही आरोपको खण्डन गर्दै सरुले नेम्वाङमाथि आक्रोश पोखेकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ