एजेन्सी । बलिउड निर्देशक राम गोपाल वर्मा सामाजिक सञ्जालमा आफ्नो बिवादित सन्दर्भका कारण सबैको तारो बन्ने गरेका छन् । उनले पुन एउटा विवादित ट्वीट गरेका छन् । यस पटक उनको असंवेदनशील ट्वीटको निशानामा अमेरिकी राष्ट्रपति बराक ओबामा र मिचेल ओबामा परेका छन्। वर्माको यस्तो कार्यलाई ट्विटर प्रयोगकर्ताले कडा आलोचना गरेका छन् ।
वर्माले सोमवार अमेरिकी राष्ट्रपति बराक ओबामा र उनको श्रीमतिको युवावस्थाको तस्वीर ट्विटर गरेका थिए । साथै वर्माले ट्वीटमा, 'ओबामा महिला जस्तो र मिशेल पुरुष जस्तो देखेको' लेखेका थिए ।
वर्माको सो ट्वीट माथि एक जना ट्विटर प्रयोगकर्ताले ट्वीट गर्दै,' यदि वर्मासँग काम नभएर आफु भएको ठाउ आउन, उनले स्क्रिप्ट दिने ।' र अर्का प्रयोगकर्ताले 'रामु अब सधै बच्चा नबन्न' जस्ता ट्विट गरेका छन् ।