काठमाडौँ महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहद्वारा मतदान
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
967
Shares
काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन्। उनले नेपाल युवक मावि पक्नाजोलमा मतदान गरेका हुन्। उनीसँगै उनकी श्रीमती तथा काठमाडौँ महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरेकी छिन्।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले काठमाडौँ महानगरमा आउने नयाँ टिमले पाँच वर्ष नगर बासीहरूको अपेक्षा अनुसार काम हुने बताए।
परिवारवादको आरोप खेपिरहेका नेता सिंहले आफ्नो श्रीमतीभन्दा पनि पार्टीको नेताको हैसियतले महानगरमा टिकट पाएको प्रस्ट पारे।