arrow

मधेसमा नेविसंघको घर फिर्ती अभियानलाई व्यापक बनाउँछु : सहमहामन्त्री साह

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
NSU-sahmahamntri-saha.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघको काठमाडौंमा जारी महाधिवेशनबाट नयाँ नेतृत्वको लागि सिरहाका परमेश्वर साह समावेशीतर्फको मधेसी कोटाबाट सहमहामन्त्री पदमा निर्विरोध निर्वाचित भए । सिरहा जिल्लामा जन्मिएर २०५६–०५७ देखि सक्रिय रूपमा विद्यार्थी राजनीतिमा लागिपरेका साह क्याम्पसको इकाई सदस्य हुँदै अहिले जिल्ला अध्यक्षको रहे । जेएस मुरारका बहुमुखी क्याम्पस लाहानको इकाई सदस्य, सचिव र अध्यक्ष हुँदै सोही क्याम्पसबाट स्ववियूको सहसचिव समेत बनेका साह अबको कार्यकालमा मधेसी कोटाको सहमहामन्त्रीको रूपमा रहने छन् । उनी अहिले पनि सिराहा जिल्ला अध्यक्ष छन् । 
 
यस भन्दा अअघिको आन्दोलनमा मधेसी विद्यार्थीको योगदानलाई सम्झिएर मधेसका एजेण्डालाई स्थापित गराउन आफूले उम्मेदवारी दिएको भएपनि आफ्नो नेतृत्वलाई सहर्ष सबैजनाले स्वीकार गरेको कारणले आफू निर्विरोध बनेको भन्दै उनले सबैलाई मिलाएर लैजाने प्रतिवद्धता समेत गरेका छन् । तिनै सहमहामन्त्री साहले हाम्राकुरा डटकममा आएर दिएको छोटो अन्तर्वार्ता:
 
सहमहामन्त्रीमा विजय हाँसिल गर्नुभएको छ अब तपाईको काम कहाँबाट सुरू हुन्छ ? 
विद्यार्थीहरूको माया र सद्भावका कारण म नेविसंघमा निर्विरोध रूपमा सहमहामन्त्री पदमा विजयी भएको छु । यसमा सबैभन्दा पहिले त म सबैजनालाई धन्यबाद दिन चाहन्छु । मैले निर्विरोध सहमहामन्त्री पदमा विजय हाँसिल गरेसँगै म आफूलाई अझ बढी जिम्मेवारी थपिएको महशुस गरिरहेको छु । अब कुरा आयो सबैभन्दा पहिले के बाट काम सुरू गर्नुहुन्छ भन्ने कुरा हो ।
 
मैले नेपाल विद्यार्थी संघ र नेपाली काँग्रेसलाई समेत मधेशमा स्थापित गराउनको लागि एउटा छुट्टै एजेण्डा बोकेर बसेको छु। तर सबैभन्दा पहिले कार्य समितिका अन्य सदस्यहरूको पनि टुङ्गो लागेपछि हामीले पहिलो कार्यसमिति बैठक बसेपछि कार्यसमितिले निर्धारण गर्ने बैठककै आधारमा मैले पनि मेरो कार्ययोजना तयार पार्ने मनस्थिति बनाएको छु । 
 
त्यस्तै, मधेसमा राम लक्ष्मणको योगदान गम्भीर र उल्लेखनीय रहेको भएपनि उनीहरूको खासै कदर हुन सकिरहेको छैन । यतिसम्म कि कमेसमा कुनैपनि योगदान नरहेकाहरूको कति प्रचारप्रसार हुँदा त्यहाँ उनीहरूको एउटा शालिक सम्म बन्न सकेको छैन । उनीहरूलाई विद्यार्थी हितको पक्षमा रहेर सिरहामा उनीहरूको योगदानको कदर हुने काम गर्नेछु जसबाट विद्यार्थीले समेत सधैंभरी उनीहरूलाई सम्झिरहुन् । 
 
नेपाली काँग्रेस विचार विहीन बाटो तर्फ लागेको आरोप पनि लाग्ने गरेको छ नि, यसलाई बचाउन के गर्नुहुन्छ ?
 तपाईँले भनेजस्तो विचारविहीन बाटो तर्फ लागेको कुरा म चाहिँ स्वीकार गर्दिन । तरपनि कहीँ कतै आफ्नो बाटोबाट विचलित भएको हो कि भन्नेमा भने सोच्ने बेला भएको छ । मैले यसलाई रोक्नको लागि विशेषगरी तराई मधेशमा विभिन्न किसिमका वैचारिक बहसको लागि पनि केन्द्रीय समितिमा दबाब दिने सोच बनाएको छु ।
 
वैचारिक बहसमार्फत् नेविसंघलाई मधेशमा पहिलो विद्यार्थी संघ बनाउने कार्यमा लाग्नको लागि मैले मधेसी विद्यार्थीहरूको माफमा नेविसंघको र समग्र नेपाली काँग्रेकिो छवि उच्च बनाउनको लागि म महत्वूर्ण भूमिका निर्वाह गर्नेछु । यसबाहेक पनि मैले यस्तो काम गर्नेछु जसले तपाईले भनेजस्तै नेविसंघलाई विचारहिनताको बाटोतर्फ लाग्न कुनैपनि हालतमा दिईने छैन ।  
 
अन्त्यमा केही भन्नु छ ?  
मधेस नेपाली प्रजातान्त्रिक आन्दोलनको उर्भर भूमि हो । यो भूमि समग्र प्रजातान्त्रिक शक्तिले विर्सन नहुने भूमि पनि हो । त्यसैले यो भूमिमा नेविसंघ वा नेपाली काँग्रेस नै किन नहोस् दुबैको भूमिका सशक्त हुनु आवश्यक छ । म मधेसी कोटामा सहमहामन्त्री बन्दै गर्दा यो मेरो जिम्मेवारी समग्र मधेशको हित, नेपाली काँग्रेसको हित, नेविसंघको हित र सम्पूर्ण नेपालको हितमा काम गर्नमा जिम्मेबारी थपिएको छ । यसको लागि म नेविसंघको झण्डा बोकेर मधेस पस्न तयार छु । नेपाली काँग्रेसको गुमेको शाख फर्काउन तयार छु र काँग्रेसलाई मधेस फर्क अभियान मार्फत् मधेसमा स्थापित गराउन तल्लिन हुने छु । यसमा सबैले मलाई साथ दिनेमा पनि विश्वस्त छु । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ