arrow

नेविसंघ महाधिवेशन : इलेक्ट्रोनिक बाहेकको मत गणना सुरू

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
nsu-voting.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्वको लागि भएको महाधिवेशनको मतगणनाजारी सुरू भएको छ । बुधबार दिउँसो १२ बजेदेखि सुरू भएको महाधिवेशन विहान सवा ८ बजे सकिएसँगै विहान १० बजेदेखि नै मत गणना सुरू भएको निर्वाचन समिति सदस्य अरूण पञ्जियारले जानकारी दिए । 
 
बिहान १० बजेदेखि इलेक्ट्रोनिक बाहेकका मतगणना सुरू भएको उनले जानकारी दिए । यो थोरै परिणाममा रहेकोले यो सकिएसँगै इलेक्ट्रोनिक तर्फको मत गणना पनि सार्वजनिक गरिने उनले जानकारी दिए । पञ्जियारले दिएको जानकारी अनुसार अहिले इलेक्ट्रोनिक बाहेकको अर्थात् सिटिईभिटी, काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय, आँगिक क्याम्पसहरू लगायतको मत गणना सुरू भएको हो ।  
 
यो सबै सकेर मध्याह्न १२ बजेसम्म सबै मत परिणामा सार्वजनिक गरिसक्ने तयारी रहेको पनि पञ्जियारले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ