काठमाडौं। नेविसंघको निर्वाचनमा प्रदेश नम्वर ४बाट डिल्लीराम सुवेदी विजयी भएका छन्। उनी काँग्रेस नेता गगन थापा निकट मानिन्छन।
को हुन् डिल्लीराम सुवेदी
नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका डिल्लीराम सुवेदी वि. सं. २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका थिए। २०५३ सालमा वाग्लुङ जिल्लाको जनता मा. वि. मा नेपाल बिद्यार्थी संघको अध्यक्ष भइसकेका उनी विद्यालय तहमा नै राजनीतिको स्वाद चाखिसकेका थिए। उनले क्याम्पस पढ्ने क्रममा पृथ्वी नारायण क्याम्पस पोखरामा लामो समयसम्म इकाईमा बसेर काम गरेका थिए। त्यस लगत्तै वाग्लुङ पोखरा सम्पर्क समितिमा रहँदै काठमाडौं आउँदा उनी फेरि काठमाडौं शिक्षा क्याम्पसमा पनि राजनीतिक रुपमा सकृय रहे।
राजनीति मात्रै भन्दा पनि विद्यार्थी राजनीतिलाई प्राज्ञिक पनि बनाउनु पर्दछ भन्ने सोचाईका साथ अघि बढ्ने सुवेदी यावत शैक्षिक सवालहरूमा खह्रो बहसमा उत्रिदै आएका छन। अध्ययनशील भनेर चिनिएका सुवेदीका बिद्यार्थी सम्बन्धी लेख, रचना समेत छापिदै आएका छन् । सुवेदीको सम्पादनमा विचार विशेष त्रैमासिक पत्रिका निस्किरहेको छ जसले कांग्रेसको सैदान्तिक धरातलमा देखिएको अभावलाई केही भए पनि पुरा गरेको छ ।
नेपाली काँग्रेस र संविधानसभा नामक अर्का बुकलेट लगायत १० वटा भन्दा बढी पुस्तकहरूको लेखन र सम्पादनमा समेत संलग्न रहदै आएका सुवेदी काठमाडौ शिक्षा क्यापसको स्ववियू सभापति तथा इकाई अध्यक्ष समेत भईसकेका छन्। सुवेदीले २०६५ सालमा आफ्नो क्याम्पसमा नेविसंघलाई प्यानल नै जिताएर क्याम्पस राजनीतिबाट केन्द्रीय राजनीतिमा सुरू गरेका थिए । उनी पछिल्लो समय नेपाली काँग्रेसमा पनि सकृय रहेका छन्। पछिल्लो महाधिवेशनमा वाग्लुङ जिल्ला क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिको रूपमा विजयी बनेका सुवेदी २०६२÷६३ को आन्दोलनमा बिद्याथीहरुलाई आन्दोलित बनाउदै अघि बढ्दा काठमाडौंमा पटक पटक पक्राउ परी थुनिएका थिए।