काठमाडौं। नेपाल विद्यार्थी संघको प्रदेश उपाध्यक्षमा प्रदेश ३ राम प्रसाद अधिकारी निर्वाचित भएका छन्। उनी काँग्रेस नेता गगन थापा र प्रदिप पौडेल निकट हुन्।
प्रदेश ७ बाट पुष्प कुमार शाही निर्वाचित भएका छन्। त्यसैगरि उपत्यकाको सहमहामन्त्रीमा त्रिचन्द्र क्याम्पसका प्रेमराज जोशी निर्वाचित भएका छन्। नेविसंघको निर्वाचनमा प्रदेश नम्वर ४बाट डिल्लीराम सुवेदी विजयी भएका छन्। सुवेदी काँग्रेस नेता गगन थापा निकट मानिन्छन। निर्वाचित सबै शेर बहादुर देउवा कृष्ण सिटौला र गगन थापाले समर्थन गरेको प्यानलबाट निर्वाचित भएका हुन्।
यसअघी अध्यक्ष नैनसिंह महर विजयी भएका छन्। महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा विजयी भए।