हेटौँडामा गठबन्धनलाई पछाडि छाड्दै राप्रपा लाग्यो अगाडि
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
662
Shares
फाइल तस्बिर
हेटौँडा। हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि त्रिपक्षीय भिडन्त थप रोचक बन्दै गएको छ। उपमहानगरपालिकाको २२ हजार ८५० मत गणना गरिसक्दा मेयर पदमा राप्रपाबाट उम्मेदवारी दिएक दीपक बहादुर सिंहले फेरि अग्रता लिएका छन्।
सिंहले अहिलेसम्म ८ हजार २६५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले ८ हजार ६७ मत ल्याउँदै दोस्रो स्थानमा रहेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ६ हजार ५२१ मत प्राप्त गर्दै राप्रपाका सिंह भन्दा १ हजार ७४४ मतान्तरले पछि परेका छन्।