- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । दाङको लमही नगरपालिकामा मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगी निर्वाचित भएका छन् ।
निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्मालाई २०३२ मतान्तरले पराजित गर्दै कांग्रेसका चौधरी मेयरमा निर्वाचित भएका छन् ।
चौधरीले ९३१७ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका शर्माले ७२८५ मत प्राप्त गरेका छन् । अर्का नेकपा एमालेका दण्डीराम चौधरीले ५५०३ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी निर्वाचित भएकी छिन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी गङ्गा पाण्डेलाई २९८९ मतान्तरले पराजित गर्दै उपमेयरमा योगी निर्वाचित भएकी छिन् । निर्वाचित योगीले ८७३७ मत , माओवादी ५८४८ र एमालेकी सुशीला शर्माले ५३१२ मत प्राप्त गरेकी छन् ।
कांग्रेसले लमहीमा वडा नम्बर ५ बाहेक सबै वडामा विजयी बनेको छ। कांग्रेसबाट लमही नगरपालिका वडा नम्बर १ मा दामोदर पौडेल, २ मा नेपालु चौधरी, ३ मा मनोज चौधरी, ४ मा सुवास न्यौपाने, ६ मा श्यामनारायण चौधरी, ७ मा मोहन गिरी, ८ मा उमेश खड्का र ९ नम्बरमा भेषबहादुर केसी (रमेश) निर्वाचित भएका छन् । लमही वडा नम्बर ५ मा माओवादीका ओमप्रसाद सुवेदी निर्वाचित भएका छन् ।