arrow

पोखरा-१३ को वडाध्यक्षमा नेपाली कांग्रेसका बराल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
Kiran Baral.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ मा नेपाली कांग्रेसका किरण बरालको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका वसन्त बराल राजुलाई ७०६ मतान्तरले पराजित गर्दै किरण वडाध्यक्षमा विजयी भएका हुन् । 

२०७४ मा नेकपा एमालेले जितेको यस वडामा यस पटक कांग्रेसले बाजी मार्न सफल भएको हो । कांग्रेसका किरणले २९ सय ४० र एमालेका वसन्तले २२ सय ३४ मत प्राप्त गरेका छन् ।

यसैगरी वडा सदस्यहरुमा सुवित तामाङले २५ सय ४३, रजनी परियारले २६ सय २८, दलबहादुर बरालले २४ सय ७० र सरिफ अली मियाले २४ सय २० मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ