पोखरा-१३ को वडाध्यक्षमा नेपाली कांग्रेसका बराल विजयी
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
1k
Shares
पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ मा नेपाली कांग्रेसका किरण बरालको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका वसन्त बराल राजुलाई ७०६ मतान्तरले पराजित गर्दै किरण वडाध्यक्षमा विजयी भएका हुन् ।
२०७४ मा नेकपा एमालेले जितेको यस वडामा यस पटक कांग्रेसले बाजी मार्न सफल भएको हो । कांग्रेसका किरणले २९ सय ४० र एमालेका वसन्तले २२ सय ३४ मत प्राप्त गरेका छन् ।
यसैगरी वडा सदस्यहरुमा सुवित तामाङले २५ सय ४३, रजनी परियारले २६ सय २८, दलबहादुर बरालले २४ सय ७० र सरिफ अली मियाले २४ सय २० मत प्राप्त गरेका छन् ।