arrow

दाङको घोराही बन्यो एमालेको लालकिल्ला

logo
नारायण वली,
प्रकाशित २०७९ जेठ ५ बिहिबार
20220519_061547.png

रुपन्देही । दाङको घोराही उपमहानगरपालिकामा एमालेका केन्द्रीय सदस्य निवर्तमान नगरप्रमुख नरुलाल चौधरीले जित हात पारेका छन् । 

गए राती सम्पन्न  मतगणनाले उपमहानगरको प्रमुखमा नेकपा एमालेका नेता चौधरीले ३१ हजार ७ सय २८ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धन तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा "डायमण्ड"ले २६ हजार ३ सय ६८ मत ल्याएर पराजित भएको बताइएको छ ।

उपप्रमुखमा नेकपा एमालेकै नेतृ हुमा डिसिले ३० हजार ४ सय ३ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका नेपाली काँग्रेसका भूप बहादुर डाँगीले ३० हजार ३ सय ५४ मत ल्याएर हार बेहोरेका छन् । 

निकै प्रतिस्पर्धात्मक रूपमा तलमाथि हुँदै गए पनि अन्ततः पछिल्लो समय दाङको घोराही नेकपा एमालेको लालकिल्ला बन्न पुगेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ