arrow

दिल्ली पुग्ने हतारोमा निधिले विमानस्थलमा जिब्रो चिप्लिएको थाहा पाएनन्

भने–प्रधानमन्त्री प्रचण्डको भ्रमण सेप्टेम्बरमा

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
nidhi-dillli-prasthan.jpeg
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि सरकारको विशेष दूतका रुपमा विहीबार भारत गएका छन् । भारत प्रस्थान गर्नु अघि निधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग आफ्नो भ्रमणको ओचित्य प्रस्ट्याए । यद्यपि, दिल्ली पुग्ने हतारोमा रहेका निधिले विमानस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदा जिब्रो चिप्लिएको थाहा पाएनन् । 
नबुझिने भाषामा निधिले बीचैमा भने,  ‘पहिले हाम्रो आन्तरिक कुरा हो । भारतको एक्लो कुरा होइन । मूल कुरा के हो भने नेपालकै जनताका तर्फबाट अहिले संविधान संशोधन आवश्यक छ ।’
 
उनले भने, ‘नेपालकै जनताको तर्फबाट अहिले हामीले जारी गरेको संविधानमै केही संशोधन गर्न जरुरत छ ।’ निधिले भन्दै गए, ‘कांग्रेस माओवादीको संयुक्त सरकार गठनको मूल सम्झौता सात बुँदेको पहिलो नम्बरमै संविधान कार्यान्वयन र मधेसी, आदीवासी, जनजातीको माग सम्बोधन गर्न संविधान संशोधन गर्न तयार छौं, भन्ने एजेण्डाको साध्य भएकाले स्वभाविक रुपमा आन्तरिक परिदृष्यमा पनि यसले स्वीकार्यता पाउँछ । तब आन्तरिक रुपमा पनि स्वीकार्य हुन्छ । 
 
निधि बोल्दै जाँदा मुस्कुराए तर चिप्लिएको थाहा पाएनन् । अन्तिममा उनले भने, ‘स्वभावतः नेपालको संविधान ।  छिमेकी भारत, अन्य छिमेकी देश र अन्तर्राष्ट्रिय जगतले यसलाई समर्थन गर्नु पर्ने हुन्छ । समर्थन गर्छ । र, मेरो विश्वास पनि छ ।’ उनका अनुसार नेपालको संविधानको अन्तर्राष्ट्रिय जगतले स्वागत गरेकै छैन । 
 
यसअघि छिमेकी चीनले संविधानको स्वागत गरेको, संयुक्त राष्ट्रसंघको मुख्य हस्ती अमेरिकाले स्वागत गरेको, यूरोपियन युनियन र भारतले पनि घुमाउरो भाषामा केही संशोधन गरिनु पर्छ–त्यो नेपालको आन्तरिक मामिला हो भनेको विर्सदै निधिले आफ्नै सुरमा भारत भ्रमणको औचित्य प्रस्ट्याए । 
 
जहाँ निधि भ्रमण भारत ‘मनाउ’को नमुना मात्रै त होइन भन्ने प्रश्न उब्जाएको छ । उनले त्यति मात्रै भनेनन् । नेपालकै ठूलो जनसंख्या मधेसी, थारु, जनजाती, आदीवासीले संविधानमा संशोधनको आवश्यकता महसुस गरेको पनि सुनाए । उनले थपे, ‘नेपाली कांग्रेस र माओवादीले त्यही बेला देखिनै यो संशोधन गर्नु ठिक छ भनेर भनेको थियो । अन्य दलले मानेनन् ।’ नबुझिने भाषामा निधिले बीचैमा भने,  ‘पहिले हाम्रो आन्तरिक कुरा हो । भारतको एक्लो कुरा होइन । मूल कुरा के हो भने नेपालकै जनताका तर्फबाट अहिले संविधान संशोधन आवश्यक छ ।’ यो संविधान गतिशील छ । 
 
प्रधानमन्त्री दाहालको भ्रमण सेप्टेम्बरमा हुन सक्ने 
निधिले भने, ‘तिथि, मिथिको कुरा अहिले नगरौं । त्यहीँ गएर गरौंला । नेपालका प्रधानमन्त्री जीको भारत भ्रमण सेप्टेम्बरमा पनि हुन सक्छ । त्यो सम्भव छ । भारतको यात्रा गरिसकेपछि हाम्रो प्रधानमन्त्री युएन पनि जानु पर्नेछ । त्यसैले हामीले कोसिस गरिरहेका छौं छिट्टै भ्रमण हुन्छ ।
 
स्थगित राष्ट्रपति भण्डारीको भ्रमणमा फेरि शंका 
उपप्रधानमन्त्री निधिकै भाषामा भन्दा– ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ज्यू को स्थगित भ्रमणलाई सम्भव गराउने हो ।’ यो भनाई अनुसार फेरि पनि मण्डारीको भ्रमणबारे शंका छ भन्ने बुझिन्छ । यद्यपि, निधिले जोडका साथ मुख्य रुपमा भार र नेपालको उच्चस्तरीय भ्रमणलाई प्राथमिकता दिनका लागि आफु जान लागेको बताए ।
 
यसैगरी, निधिले नेपालका प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा गर्ने छलफलको प्रारुप समेत तयार पार्ने समेत जानकारी दिए । भ्रमण क्रममा निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सत्तारुढ दलका उच्च पदाधिकारी र सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
 
यस्तै, मन्त्री निधिले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग समेत भेटघाट गर्नेछन् । उनले विपक्षी कांग्रेस आईका नेताहरुसंग पनि भेट गर्ने कार्यक्रम छ । 
 
निधिले नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइ दिन आफ्नो भारत भ्रमण हुन लागेको बताउँदै राष्ट्रपति विद्यादेवी भण्डारीकोतर्फबाट नेपाल भ्रमणको निमन्त्रणा भारतीय राष्ट्रपति मुखर्जीलाई दिने सुनाए । बेलुकी ५ बजे जेट एयरबाट दिल्ली उडेका निधि तीन दिन औपचारिक भेटमा व्यस्त हुनेछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ