arrow

झापाको भद्रपुरमा कांग्रेस र राप्रपा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
Jhapa-hamrakura.jpg.jpeg

झापा । झापाको भद्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस तथा उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा राधा कार्की निर्वाचित भएका हुन् । 

पोखरेलले नेकपा (एमाले)का असारु राजवंशीलाई पराजित गरे । उनले १२ हजार ५२५ मत प्राप्त गरे । राजवंशीले नौ हजार ७५९ मत ल्याए । राप्रपाका नवराज पनेरुले ६ हजार ३१० मत प्राप्त गरेका छन्। 

नगर उपप्रमुखमा कार्कीले नौ हजार २३० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शिवकुमार राजभण्डारीले आठ हजार ५३३ मत पाए । भद्रपुरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो । 

जिल्लाका १५ पालिकामध्ये हालसम्म दुई नगरपालिका र तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ भने १० वटामा मत गणना जारी छ ।



नयाँ