काठमाडौं। नेपाल विद्यार्थी संघको सहमहामन्त्रीमा मिश्रित परिणाम आएको छ। निर्वाचनको परिणाम अनुसार प्रदेश नम्वर १ बाट कृष्ण कार्की, २ बाट राजेश रौनियार, ३ बाट माधव ढकाल निर्वाचित भएका छन्। तीनै जना काँग्रेस नेता गगन थापा र प्रदिप पौडेल निकट मानिन्छन्।
त्यसैगरि मनोजमणी प्यानलबाट प्रदेश नम्वर ४ बाट हरिहर शर्मा निर्वाचित भए। प्रदेश ५ बाट प्रकाश घिमिरे निर्वाचित भए। उनी संयुक्त प्यानलबाट निर्वाचित भए। प्रदेश ६ बाट इश्वर बिष्ट निर्वाचित भए। प्रदेश ७ बाट अच्युत कलौनी निर्वाचित हुँदा महिला सहमहामन्त्रीमा साधना घिमिरे निर्वाचित भइन। त्यसैगरि उपत्यकाबाट सहमहामन्त्रीमा प्रेम जोशी निर्वाचित भए।
मधेशबाट गगन थापा निकट परमेश्वर साह निर्विरोध भएका थिए। दलित कोटाको सह महामन्त्री अर्घाखाँचीकी ललिता सुनार विजयी भइन। पिछडिएको क्षेत्रबाट अम्बिका चलाउने निर्वाचित भइन। चलाउने थापा निकट हुन्। जनजातीबाट दिपेन वान्तवा निर्वाचित भएको बताइएको छ।
महामन्त्रीमा भने कृष्ण सिटौला गगन थापा प्रदिप पौडेल निकट कुन्दन काफ्ले र सभापति शेर बहादुर देउवा निकट सरोज थापा निर्वाचित भएका छन्।