arrow

देउवाको उत्तराधिकारी भन्नुस् वा कार्यकर्ता उहाँको निर्देशानुसार अगाडि बढ्छु –नैनसिंह महर

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
nainsingh-mahar.jpeg
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ९ वर्षपछि नयाँ नेतृत्व सम्हालेका नवनिर्वाचित अध्यक्ष नैनसिंह महरले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशानुसार अगाडि बढ्ने बताएका छन् । अध्यक्षका ६ प्रत्यासीलाई पछाडि पार्दै नेविसंघको अध्यक्ष बनेका ४४ वर्षीय महरलाई देउवाको उत्तराधिकारीको रुपमा हेर्दै आएकामा उनले देउवाजीको एउटै जिल्लाको भएका नाताले (डडेलधुरा भागेश्वर–९) उत्तराधिकारी वा कार्यकर्ता जे भने पनि उहाँको राजनीतिले प्रभावित भएरै राजनीति गरेकाले स्वभाविक रुपले अगाडि बढेकाले सोही अनुसार बुझिदिन पनि आग्रह गरे ।  
 
हाम्राकुरासंगको कुराकानीमा महरले नेविसंघलाई तत्काल आवद्ध भएर तत्काल बाहिरिने संघको रुपमा विकसित गर्न लागेको बताए । 
 
उनले ‘माध्यमिक तहमा राजनीति नगर्ने कि पहल गर्दैछु’ भने । किन त ? भन्ने प्रश्नमा उनको जवाफ थियो ‘राजनीति भन्दा पनि शिक्षामा नेविसंघले जोड दिन्छ, त्यसका लागि छोटो समय लागेर अर्को जिम्मेवारी लिएर बाहिरिन्छ ।’
 
महरले नेविसंघ अब शिक्षामा बढी केन्द्रीत हुने पनि बताए । प्राविधिक शिक्षमा जोड दिंदै उनले भने ‘डिग्री हासिल गरेका विद्यार्थीले काम नपाएर डिप्रेसनको सामना गर्न नपरोस् ।’
 
प्रारम्भिक शिक्षामा बालबालिकालाई राज्यको लगानी न्यून भएको भन्दै उनले यसतर्फ सरकार गम्भीर हुनुपर्ने पनि बताएका छन् । ‘सहरमा मन्टेश्वरी छ निजी स्कुलमा त गाउँमा केही पनि छैन’ नेविसंघ अध्यक्ष महरले भने ‘अब गाउँतहबाटै शिक्षाको माहोल बनाउनु पर्छ ।’ 
 
उनले शैक्षिक रुपान्तरका मुद्धालाई विशेषरुपले अगाडि बढाउने बताएका छन् । महरले आफूहरुको घोषणापत्रमा भएका कुरालाई गम्भीर रुपले अगाडि बढाउनेसमेत बताए । 
 
विद्यार्थी राजनीतिका पाका खेलाडी महरले पहिले नीति र नेतृत्व दुवै भए पनि कार्यान्वयन पक्ष शून्य थियो अब आफ्नो पालामा कार्यान्वयन हुनेसमेत बताए । 
 
महरले २ वर्षभित्रै महाधिवेशन सम्पन्न गर्नका लागि आजैदेखि चुनाव हुन बाँकी रहेका इकाइ कमिटि, जिल्लाअधिवेशन लगायतका काममा लाग्ने बताए । 
 
महरले आफ्नै कार्यकालमा नेविसंघको भवन बनाउन पहल गर्नेसमेत बताए । उनले अन्तर्राष्ट्रिय संजालमा नेविसंघलाई जोड्न भरमग्दूर प्रयास गर्नेसमेत बताए । 
 
नेविसंघले संविधान कार्यान्वयनमा उल्लेख्य भूमिका खेल्ने भन्दै स्वयंसेवक खटाउने योजनासमेत रहेको महरले सुनाए ।  
 
केही समय पत्रकारितासमेत गरेका महर राजाको प्रत्यक्ष शासनमा तीन महिना जेल बसेका थिए ।
 
यसअघि महर नेविसंघको उपाध्यक्ष थिए ।
 
काँग्रेसी राजनीति गर्ने बेला भइसकेका महर पार्टी महाधिवेशन प्रतिनिधि पनि हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ