arrow

बाख्रा चराउन गएकी किशोरी मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
death-1618215084.jpg

ताप्लेजुङ । ताप्लेजुङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी मृत भेटिएकी छिन् । फुङलिङ नगरपालिका-३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए । 

बाख्रा बाटोमा भेटेपछि सशङ्कित उनीहरुले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ