arrow

काठमाडौंमा मेट्रो रेल सञ्चालनका लागि अध्ययन गर्ने सरकारको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
metro-kathmandu-budget.png
तस्बिर– फाइल

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनक लागि विस्तृत अध्ययन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन गरिने बताएकी हुन् ।

यस्तै विराटनगर सुख्खा बन्दरगाहसम्म कार्गाे रेल सञ्चाल गर्ने योजनासमेत राष्ट्रपति भण्डारीले सार्वजनिक गरेकी छिन् । यस्तै रुसुवागढी काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन र वीरगञ्ज  काठमाडौं रेलमार्गको पनि विस्तृत अध्ययन गरिने विषयसमेत सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

यस्तै सरकारले ताप्लेजुङ दार्चुला ग्रेट हिमालयन ट्रेल (बृहत हिमालय पदमार्ग)को  स्तरोन्नतिलाई प्राथमिकता दिइने बताएको छ । देशमा पयर्टनको विकासका लागि अन्तर्राष्ट्रिय लगानीसमेत आकर्षित गर्ने विषयसमेत सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । उनले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गरिनेसमेत बताएकी छिन् । 

यस्तै आगामी वर्ष सरकारले स्वदेशी उत्पादनलाई प्रबद्र्धन र विस्तार गर्न निजी क्षेत्रबाट सञ्चालित मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग गर्ने नीतिसमेत अघि सारेको छ ।

मंगलबार आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले स्वदेशमै ग्याँस र पेट्रोलियम पदार्थको उत्पादन गरिने समेत बताएकी छन् ।

राष्ट्रपतिले सरकारको तर्फबाट अगामी आर्थिक वर्ष २०७९ –८० का लागि वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी हुन्।

अर्थमन्त्रालयले यस वर्षको नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी कार्यक्रम र आत्मनिर्भर अर्थतन्त्रमा आधारित रहने बताएको छ ।  सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै छ ।



नयाँ